जंगली बँदेलको अक्रमणमा परेर बैतडीका दुई जना घाइते

बैतडी : बैतडीमा जंगली बँदेलको अक्रमणबाट दुई जना घाइते भएका छन् ।

मेलौली नगरपालिका–२ सलेनाका अन्ताजी ३२ वर्षीय ओम प्रकाश जोशी र सोही वडा घाङल बस्ने मने दयालकी ९ वषीया छोरी करिस्मा दयाल बँदेलकाको आक्रमणमा परेर घाइते भएका हुन ।

आइतबार दिउंसो घरमै बसीरहेका जोशीमाथी बँदेलले आक्रमण गरी घाइते बनाएको हो, भने ९ वर्षीया बालिकालाई पनि आइतबार करिब ५ बजेको समयमा घर नजिकै घाइते बनाएको हो ।

घाइते जोशी र दयाललाई सलेना स्वास्थ्य चौकीमा सामान्य उपचारपछि डडेल्धुरा रेफर गरिएको छ ।

Loading...