मुुख्यमन्त्री पुरुष भलिवल प्रतियोगितामा लगाएको शुल्क खारेज नभएको भन्दै विद्यार्थी युवा संगठनको गेटमा कालो व्यानर

कञ्चनपुर : कञ्चनपुरमा आयोजना हुन गइरहेको मुख्यमन्त्री पुरुष भलिवल प्रतियोगितामा लगाएको शुल्क खारेज नभएको भन्दै विद्यार्थी युवा संगठनको गेटमा कालो व्यानर लगाएका छन ।

मोहन बैध नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट क्रान्तिकारी युवा संगठन नेपाल र अखिल क्रान्तिकारी कञ्चनपुरले शुक्रबार सयुक्त वक्तव्य जारी गर्दै प्रतियोगितामा लगाइएको प्रवेश शुल्क खारेज गर्न माग अघि सारेका थिए ।

उक्त वक्तव्य जारी भएपछि शनिबार बिहान ११ बजे भलिवल खेलको सचिवालयले सयुक्त विद्यार्थी संगठनलाई बोलाएर बैठक बसाएका थिए ।

उक्त वैठकबाट पनि शुल्क खारेजीको बिषयमा सहमति भनएपछि बैठक बहिस्कार गरि विद्यार्थी अध्यक्ष विरेन्द्र नाथ बाहिर आएका थिए ।

विद्यार्थीहरुले शनिबार साझ महेन्द्रनगर खुलामञ्चम गेटमा कालो व्यानर लगाएको छ । प्रतियोगिताको आइतबार उद्घाटन गरिदै छ ।

Loading...