अत्तरिया : कैलालीको अत्तरियामा जारी लोटस आई कप अन्तर विद्यालयस्तरिय क्रिकेट प्रतियोगीतामा दुर्गालक्ष्मी नमुना मावि र ज्योती बोर्डिङ स्कुलले लगातार दोस्रो जित हात पारेका छन ।
प्रतियोगीता अन्तरगत शनिबार भएका दुई खेलमा जित हासिल गर्दै दुर्गालक्ष्मी र ज्योतीले दोस्रो जित दर्ज गरेका हुन । शनिबारको पहिलो खेलमा जेके स्कुललाई ७६ रनको पराकिलो अन्तरले पराजित गर्दै दुर्गालक्ष्मी विजयी भएको हो ।
टस हारेर व्याटिङको निम्तो पाएको दुर्गालक्ष्मीले १७ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर ९७ रन बनाएको थियो । जे.के स्कुलका दिपेश रोकायाले ४ विकेट लिए ।
९८ रनको विजयी लक्ष्य पछ्याएको जे.के मा.वि ८ दशमलव २ ओभर खेलेर सबै विकेट गुमाउदै २१ रनमा समेटियो ।
दुर्गालक्ष्मीका खेलाडी मुकेश धामीले ५ विकेट लिए । खेलमा ५ विकेट लिएर टिमलाई जिताउन महत्वपुर्ण भुमिका निभाएका दुर्गालक्ष्मीका खेलाडी धामी म्यान अफ द म्याच घोषित भए । उनले नगद रु. १ हजार सहित ट्रफि प्राप्त गरे ।
यसैबिच शनिबार नै भएको दोस्रो खेलमा सत्यवतीलाई २ विकेटले पराजित गर्दै ज्योतीले आफ्नो दोस्रो जित दर्ज गरेको छ ।
टस जितेर व्याटिङ गरेको सत्यवतीले निर्धातिर २० ओभरमा ८ विकेट गुमाएर ८० रन बनायो । सत्यवतीका निसान्त कुँवरले १४ रन बनाए भने रिजन जाग्री र भुवन भाटले समान १३÷१३ रन बनाए ।
बलिङमा ज्योतीका विनोद सिँहले २ विकेट लिएका थिए । ८१ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको ज्योती स्कुलले १२ दशमलव १ ओभरमा ८ विकेट गुमाएर लक्ष्य भेट्टायो ।
खेलमा अलराउण्ड प्रर्दशन गरेका ज्योती स्कुलका खेलाडी सुरज बोहरा म्यान अफ द म्याच घोषित भए । उनले नगद रु. १ हजार सहित ट्रफि प्राप्त गरे ।
अत्तरिया क्रिकेट क्लबको आयोजनामा प्रतियोगीता सञ्चालन भैरहेको छ । प्रतियोगिता अन्तरगत आईतबार दुई ओटा खेलहरु खेलाईने खेल संयोजक कमल कडायतले जानकारी दिए ।
टि–२० फम्र्याटमा हुने प्रतियोगीताको प्रथम हुने टिमले नगद रु. १ लाख १ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र तथा द्धितिय हुने टिमले नगद रु. ५१ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।
प्रतियोगीताको उत्कृष्ट खेलाडीलाई नगद रु. १० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र तथा उत्कृष्ट ब्याट्सम्यान र बलरलाई नगद रु. ५÷५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ ।
यसैगरी प्रतियोगीतामा उदयीमान खेलाडीलाई पनि आर्कषक पुरस्कारको व्यवस्था रहेको बताइएको छ ।
