मगर विद्यार्थी संघ कैलालीको अध्यक्षमा मनोज पुनमगर

अत्तरिया : नेपाल मगर विद्यार्थी संघ कैलालीको जिल्ला अध्यक्षमा मनोज पुनमगर चयन भएका छन्।

जिल्लाको गोदावरी नगरपालिकास्थित नेपाल मगर संघको हलमा शनिवार आयोजित मगर विद्यार्थीहरूको भेलाबाट मनोजलाई अध्यक्षमा सर्वसम्मत रूपमा गरिएको हो।

Godawari_Badhi

यस्तै सो संघको उपाध्यक्षमा आशा सारु मगर, सचिवमा किरण आले मगर, सहसचिवमा कल्पना घर्ती मगर, र कोषाध्यक्षमा टेक घर्ती मगर चयन भएका छन्।

त्यस्तै सदस्यहरुमा डेनिस घर्ती मगर, हिमान्शा थापा मगर, जेनिसा राना मगर, किरण बुचा मगर, धिरज घर्ती मगर, स्मृति थापा मगर, चमेली थापा मगर, प्रमेश मगर र हिमा कुमारी थापा मगर चयन भएका छन्।

भेलामा नेपाल मगर विद्यार्थी संघका केन्द्रीय समिति वरिष्ठ उपाध्यक्ष राजु पुन मगर, नेपाल मगर संघ सुदूरपश्चिमका अध्यक्ष कमलबहादुर पुन मगर, नेपाल मगर संघ सुदूरपश्चिमका वरिष्ठ उपाध्यक्ष नर बहादुर थापा मगर, नेपाल मगर संघका केन्द्रीय सदस्य कमला थापा मगर, सुदूरपश्चिमका मुख्य सचिव राशबहादुर बुढा मगर, कैलालीका जिल्ला अध्यक्ष दलबहादुर घर्ती मगर, प्रदेश सदस्य महेश थापा मगर लगायत उपस्थित थिए।

Dhn Upamahanagarpalika_Badhi
Loading...