गोदावरीको सेहरी स्थीत खुटिया नदीमा तटबन्ध निर्माण सुरु

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका – ९ सेहरी स्थीत खुटिया नदीमा ३ करोड लागतमा तटबन्ध निर्माण सुरु गरिएको छ ।

अन्र्तराष्ट्रिय गैरसरकारी संस्था युएसएआइडीको सहयोगमा तयार नेपालले खुटिया खोला बाढी जोखिम न्यूनीकरण कार्यक्रम अन्र्तगत ३ करोड (भ्याट सहित) लागतमा तटबन्ध निर्माण सुरु गरेको हो ।

तटबन्धको सोमबार गोदावरी नगरपािलकाका नगर प्रमुख बिरेन्द्र भट्टले शिलान्यास गरेका छन् । बर्षात् आउनु ५ महिना अगावै खुटिया नदीको उच्च कटान प्रभावित क्षेत्रमा तटबन्ध निर्माण गर्न लागिएको नगर प्रमुख भट्टले बताएका छन् ।

निर्माण हुन लागेको तटबन्धले सयौँ किसानको जमिन कटान रोक्ने र दर्जनौँ स्थानीय डुबानबाट सुरक्षित हुने उनले बताए ।

युएसएआइडीको तयार नेपाल विपद् जोखीम व्यवस्थापन परियोजना अन्र्तगत रहेको उत्त योजनामा आगामी वैशाख ७ गतेसम्म १६० मिटर लम्बाइ र ३ मिटर उचाइ सहितको तटबन्ध निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको छ ।

Loading...