बैतडी : बैतडीमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्। जिल्लाको पाटन नगरपालिका–६ को हिरापुर नजिकै सोमवार जिपले मोटरसाइकललाई ठक्कर दिएको हो।
खोड्पेबाट बैतडी सदरमुकाम गोठलापानीतर्फ गइरहेको बा २ ग २२६२ नम्बरको मोटरसाइकललाई गोठलापानीबाट खोडपेतर्फ आइरहेको म १ ज २२७ नम्बरको जिपले ठक्कर दिएको हो। जिपको ठक्करले मोटरसाइकल भीरमा खसेको छ।
मोटरसाइकल चालक कृष्ण पाण्डेय र मोटरसाइकलमा सवार कञ्चनपुरको भीमदत्त नगरपालिका नरेन्द्रबहादुर चन्द घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए।
उनीहरुको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपश्चात डिस्चार्ज भइसकेको छ।