अत्तरिया : कैलालीको सुखडमा व्यवसायीक बंगुर पालन तालिम आयोजना गरिएको छ ।
गणपति लघुवित्त वित्तीय संस्था सुखड शाखाको आयोजनामा शनिबार तालिम दिइएको हो । तालिममा ३० जना किसानको सहभागिता रहेको शाखा प्रबन्धक दिनेश चौधरीले बताएका छन ।
तालिममा घोडाघोडी नगरपालिका पशु शाखामा कार्यरत मनोज बहादुर आचार्यले प्रशिक्षण दिएको सहजकर्ता भोज राज ओझाले बताएका छन ।