अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा आज देखि दादुरा–रुबेला खोप अभियान सुरु भएको छ ।
नगरको वडा नम्बर १ मा रहेको घण्टेश्वर माविबाट बालबालिकालाई खोप लगाउन सुरु गरिएको हो । अभियानमा ९ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई खोप लगाइरहेको अत्तरिया सहरी स्वास्थ्य केन्द्रकी इन्चार्ज कुशुम शर्मा (भट्ट) ले बताइन् ।
उनले गोदावरीमा पनि दादुराको जोखिम भएकाले खोप अभियान सफल पार्न आजदेखि खोप कार्यक्रम सुरु गरिएको बताइन । उनले खोप अभियानमा बालबालिकाको उल्लेख्य सहभागिता रहेको बताइन् । घण्टेश्वर माविका प्रधानाध्यापक दिपक राज भण्डारीले खोप अभियानमा विद्यालयले सहयोग गरिरहेको बताए ।
उनले विद्यालयमा पढिरहेको लक्षित समुहका विद्यार्थी लगायत अन्य टोलछिमेकबाट आएका विद्यार्थीलाई खोप लगाउन शिक्षकहरु पनि खटिएर सहजिकरण गरिरहेको बताए ।
फागुन २१ गते सम्म संञ्चालन हुने खोप अभियान अन्तरगत गोदावरीका अन्य वडाहरुमा भने फागुन १५ गते देखि खोप लगाउन सूरु गरिने जनाइएको छ ।