अत्तरिया : प्रहरीले कैलाली र कञ्चनपुरबाट करिब साढे ५ लाख बढीका अवैध सामान बरामद गरेको छ ।
प्रहरीले आइतबार कैलालीको धनगढी, भजनी, कैलारी र कञ्चनपुरका दोधरा चाँदनीबाट ५ लाख ४७ हजार ८९० मुल्य बराबरको सामान बरामद गरेको हो । सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका – २ ट्राफिक चौराहमा भारतबाट अवैध रुपमा भन्सार छलि ल्याएको ४९ हजार ५५० मुल्य बराबरको समान बरामद गरेको छ ।

जसमा चिनी, प्याज, नरिवल, सरफ, झिल्ली, मटर, पटका लगायतका सामानहरु रहेका छन । प्रहरीले आइतबार नै भजनी नगरपालिका – ३ कनैयापुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि ल्याएका ४ लाख ७० हजार बराबरको आईफोन मोबाईलको डिस्प्ले ५ पिस, अन्य मोबाईलको डिस्प्ले १७२ पिस लगायतका सामानहरु बरामद गरेको जनाएको छ ।
यस्तै कैलारी गाउँपालिका – ३ निमुवाबोझी घाटबाट पनि अन्दाजी २२ हजार ३४० रुपैयाँको चक्लेट, सुर्ती, सुपारी लगायतका सामानहरु बरामद गरेको प्रहरीले जनाएको छ ।
उता कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका – १ पशुपतिटोलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ६ हजार बराबरको बोईलर कुखुरा बरामद गरिएको छ ।
आईतबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारेका बोईलर कुखुरा बरामद गरी नष्ट गरेको जनाएको छ ।
