अत्तरिया : कञ्चनपुरको भीमदत्तबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ ।
भीमदत्त नगरपालिका–१० बिधुत कार्यालय नजिकबाट भन्सार छलीका १ लाख ११ हजार ६२० मूल्यको चिनी,तेल,सुट,किरानाका सामान,हाडवेयरका सामान लगायतका सामानहरु मंगलबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
उक्त सामान आवश्यक कारवाहीको लागि प्रहरीले भन्सार कार्यालयमा बुझाएको बताएको छ।
