छोरी भए मार्ने कस्तो चलन हो (गजल)

 – जे गर्दा नी छोरा जीत्ने छोरी हार्ने, कस्तो चलन हो।
छोरीले बाहिर हिन्न पनी गार्हो पार्ने, कस्तो चलन हो।

 – बाहिर बाहिर छोराछोरी बराबर, भन्ने ती मानवले।।
छोरा भए ठिक छ छोरी भए मार्ने, कस्तो चलन हो।

 – जती भयौ हामी नै पिडीत, भयौ भन्ने छोरीहरुले।।
छोटा लुगा लगाइ जवानी अलपत्र पार्ने,कस्तो चलन हो।

– अब त अत्ती भयो छोराछोरी दुबैले सुध्रीनु छ।।
पुर्व मेची पश्चिम काली बलत्कार सार्ने,कस्तो चलन हो।

Krishnapur,Kanchanpur

–  छोराछोरी बराबर हो भनेर, भन्ने पनी तिमी।।
छोरा भए ठिक छ छोरी भए मार्ने, कस्तो चलन हो।

      *हत्याहिंसा रोक्न छोराछोरी दुबैले मिलेर आउनुपर्छ*
* विदेशी छोराले रोजगार अनी निर्मला र सालीन ले न्याय पाउनुपर्छ *

“यदि छोराले रोजगार र छोरीले न्याय पाउने हो भने देशमा हत्याहिंसा, बलत्कार सबै रोक्न सकिन्छ त्यसैले आउनुहोस सबै मिलेर सभ्य समाज तथा देशको निर्माण गरौं।”

श्याम बोहरा (सन्जु), परिगाउँ

समाचार सम्वाददाता 

Dhangadhi Upamahanagar
Loading...