कैलालीको अत्तरियामा नेपाल शिक्षक सङ्घको पाँचौँ प्रतिनिधि सभा आयोजना

अत्तरिया : कैलालीको अत्तरियामा नेपाल शिक्षक सङ्घको पाँचौँ प्रतिनिधि सभा आयोजना गरिएको छ ।

शनिवार नेपाल शिक्षक सङ्घ नगर कार्यसमिति गोदावरीको पाँचै नगर सभा आयोजना गरिएको हो । नगर समितिका अध्यक्ष पुष्कर राज भट्टको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्ट रहेका थिए ।

कार्यक्रममा अध्यक्ष भट्टले नगर कार्यसमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । जसमा उनले पछिल्लो एक वर्षको अवधिमा शिक्षक हक हितका लागि केही काम भएको बताए ।

उनले नगर शिक्षक, बाल विकासका शिक्षकको सेवा सुविधा थप गर्नको लागि शिक्षक सङ्घले पहल थालेको बताए । हाल गोदावरी नगरपालिकाले दरबन्दी मिलानको काम अगाडि बढाएको भए पनि नयाँ शैक्षिक सत्र देखि लागु हुने जनाइएको छ ।

गोदावरी नगरपालिकामा हाल ३३९ जना नेपाल शिक्षक सङ्घको नगर समितिमा आबद्ध रहेका छन् ।

Dhangadhi 2081
Loading...