कैलालीबाट तस्करीको सामान बरामद

धनगढी : कैलालीबाट प्रहरीले तस्करीको सामान बरामद गरेको छ।

धनगढी उपमहानगरपालिका–३ भन्सार चोकबाट अन्दाजी एक लाख २१० मुल्य बराबरको प्याज, चिनी, कस्मेटिकका सामान बरामद गरिएको छ।

यस्तै टीकापुर नगरपालिका–८ चौगुर्दी स्थित सडकखण्डबाट अन्दाजी ९५ हजार मुल्य बराबरको २१ क्विन्टल प्याज गरि जम्मा एक लाख ९५ हजार २१० रुपैँया बराबरको सामान बरामद गरेको छ।

बरामद गरेको सामान कारबाहीका लागि भन्सार कार्यालय पठाएको प्रहरीले जनाएको छ।

Dhangadhi 2081
Loading...