बैतडी : बैतडीको पञ्चेश्वर गाउँपालिका–१ स्थित गडदेव आधारभूत विद्यालयको ताला डेढ वर्षपछि खोलिएको छ ।
विद्यालयको नवनिर्मित भवनमा लगाइएको ताला शनिवार पालिकाका जनप्रतिनिधि, प्रशासन र अभिभावकले खोलेका हुन् । गाउँपालिकाले २०७८÷०७९ मा विद्यालय व्यवस्थापनसँग ३६ लाखमा राष्ट्रपति शैक्षिक सुधार अन्तर्गतको ४ कोठे भवनको लागि सम्झौता गरेको थियो ।
भवन निर्माणको जिम्मा पाएका केशव सिंह घटालले ६७ लाख लागत लागेको र भुक्तानी नपाएको भन्दै ताला लगाएका थिए । गाउँपालिकाले प्राविधिक मूल्यांकन अनुसारको रकम भुक्तानी दिने भनेपछि ताला खोलिएको बताइएको छ ।
पालिकाले ५८ लाख लागत लागेको भन्दै सोही अनुसारको विल उठाएको छ भने भुक्तानी ३६ लाख मात्रै भएको छ ।
कक्षा ५ सम्म पढाइ हुने सो विद्यालयमा ताला लागेपछि बालबालिकाहरु खुल्ला चौरमा पठनपाठन गर्दै आएका थिए ।
