कञ्चनपुरमा करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

कञ्चनपुर : कञ्चनपुरबाट बुधवार जबरजस्ती करणी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेका छन्।

कृष्णपुर नगरपालिका–४ का शिवायसिंह रानालाई गुलरीयाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। राना २०७८ चैत ७ गते देखि फरार रहेको थिए। उनलाई अदालतले जबरजस्ती करणी मुद्दामा दुई महिना १९ दिन कैद सजाय सुनाएको थियो।

उनलाई सजाय भुक्तानको लागी कारागार चलान गरिएको छ।

Dhangadhi 2081
Loading...