अत्तरिया : कञ्चनपुरमा २ लाख मूल्यको अवैध सामान बेवारिसे अवस्थामा फेला परेको छ ।
जिल्लाका विभिन्न स्थानमा भारतबाट भन्सार छली ल्याइएका २ लाख १ सय मूल्यका सामान बेवारिसे अवस्थामा भेटिएका हुन् ।
प्रहरीका अनुसार भीमदत्त नगरपालिका–२ काङ्ला पुलमा अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी १० हजार मूल्यको वायरिङ जक्सन, पुनर्वास नगरपालिका–९ पुलघाट, पुनर्वास–११ डोकेबजारमा अन्दाजी १ लाख ३८ हजार १०० मूल्यको चिनी, सुर्ती, बिडी, नरिवल, स्याम्पु, चक्लेट, फलामको खटिया, युरिया मल लगायतका सामान बिहीवार बेवारिसे अवस्थामा फेला परेको हो ।
त्यसैगरी दोधाराचाँदनी नगरपालिका–३ जमुनाघाडी टोल नजिकबाट अन्दाजी ५ हजार मूल्यको सुन्तला, केरा, अंगुर र बेलौरी नगरपालिका–१ फटैया हनुमान मन्दिर नजिकबाट अन्दाजी ४७ हजार मूल्यको माछा, ब्रोइलर कुखुरा प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय धनगढीले बताएको छ ।
