इजरायलमा १० जना नेपाली विद्यार्थी र बझाङमा भूकम्पबाट एक जनाको निधन भएकोप्रति सुदूरपश्चिम प्रदेशसभाबाट शोक प्रस्ताव पारित

अत्तरिया :  सुदूरपश्चिम प्रदेशसभाबाट शोक प्रस्ताव पारित भएको छ ।

इजरायलमा १० जना नेपाली विद्यार्थी र बझाङमा भूकम्पबाट एक जनाको निधन भएकोप्रति दुःख व्यक्त गर्दै बुधबार बसेको प्रदेश सभा बैठकले शोक प्रस्ताव पारित गरेको हो ।

सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभामा शोक प्रस्ताव राखेका थिए । प्रदेश सभामा उपस्थित सम्पूर्ण प्रदेशसभा सदस्यले हात उठाएर शोक प्रस्तावलाई पारित गरेका थिए । यसैगरी, दुवै घटनामा परेर ज्यान गुमाएकाको शोकमा प्रदेश सभामा एक मिनेट मौन धारण गरिएको थियो ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान क्याम्पस टीकापुरमा अध्ययन पूरा गरेर इजरायल सरकारको ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत ४९ जना विद्यार्थी इजरायल पुगेका थिए ।

जसमध्ये १० जना विद्यार्थीको हमास विद्रोही समूहले हत्या गरेको छ ।

Dhangadhi 2081
Loading...