गोदावरीमा लागुऔषधसहित एक युवक पक्राउ

अत्तरिया : कैलालीको गोदावरीमा एक युवक लागुऔषधसहित पक्राउ परेका छन ।

गोदावरी नगरपालिका–२ अत्तरिया स्थित पहाड जाने रोडबाट ४० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित गोदावरी नगरपालिका–११ बस्ने २५ वर्षीय मनोज बडैला सोमवार साँझ पक्राउ परेका हुन ।

बडैलालाई ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले लागूऔषधसहित फेला पारी पक्राउ गरेको जनाएको छ।

Dhangadhi 2081
Loading...