धनगढी : कैलालीको धनगढीबाट एक बालक बेपत्ता भएका छन्। धनगढी उपमहानगरपालिका–४ उत्तर बेहडीका बिरबहादुर चौधरीका छोरा ११ वर्षीय विकास चौधरी हराएका छन्।
आज (बुधवार) बिहान नौँ बजे विद्यालय जान्छु भनेर गएका बालक बेपत्ता भएको उनका बुवा बिर चौधरीले बताए। बालक धनगढीमा रहेको गुरुकुल स्कुलमा अध्यन गर्दछन्।
बेपत्ता बालकलाई भेट्टाएमा नजिकको प्रहरी अथवा ९८११६२३६२० को नम्बरमा खबर गरिदिन बालकका बुवाले अनुरोध गरेका छन्।
