आगलागीबाट बैतडीमा ७८ बर्षीया वृद्धा घाइते

बैतडी : बैतडीमा आगलागीबाट एक वृद्धा घाइते भएकी छन् । पाटन नगरपालिका –७ किम्तोलीकी ७८ बर्षीया लक्ष्मीदेवी विक जलेर घाइते भएकी हुन् ।

शुक्रबार साँझ घर नजिकैको खरफागलामा आँफैले स्याउला जलाउने क्रममा भएको आगलागीबाट विक घाइते भएकी जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

आगलागीबाट उनको शरीरको पछाडीको भाग जलेको छ । घाइते विकको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Dhangadhi 2081
Loading...