बेङ्गलोरमा ग्यास पड्किदा बझाङका चार जना घाइते

बझाङ : भारतको बेङ्गलोरमा ग्यास पड्किदा बझाङका चार जना घाइते भएका छन्।

घाइते हुनेमा बेङ्गलोरको सज्जापुर रोड स्थानमा काम गदै आएका बझाङको सुर्मा गाउँपालिका–२ का २१ वर्षीय नयन बोहरा, उनकी श्रीमती १९ वर्षीया सृजना बोहरा, १६ वर्षीया समीरा बोहरा र जयपृथ्वी नगरपालिका–११ घर भएकी सोनिया धामी रहेका छन्।

राति सुत्ने समयमा ग्यास बन्द गर्न भुलेर रेगुलेटर खुल्लै छोडेको र बिहान ७ः३० बजेको समयमा ग्यास जलाउदा उक्त घटना घटेको स्थानीय दिपेश दमाइले बताए।

घाइतेहरूको व्याङलोरको भिक्टोरीया अस्पतालमा उपचार भैरहेको र अवस्था सामान्य रहेको बताइएको छ।

Loading...