लागुऔषधसहित धनगढीमा एक युवक पक्राउ

धनगढी : कैलालीको धनगढीबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको गोदावरी नगरपालिका–१० का २२ वर्षीय तेजबहादुर बोहरा लागुऔषधसहित पक्राउ परेका हुन।

धनगढी उपमहानगरपालिका–३ बाट उनी ५० मिलिग्राम ब्राउनसुगर र ९६ क्याप्सुल प्रिगाबा र १० क्याप्सुल एभिनसहित पक्राउ परेका छन्।

प्रहरी चौकी, त्रिनगरको टोलीले बोहरालाई पक्राउ गरेको हो। घटनाको विषयमा थप अनुसन्धान जारी रहेको छ।

Dhangadhi 2081
Loading...