धनगढी : कञ्चनपुरबाट एक जना दोषी पक्राउ परेका छन्। जिल्लाको पुनर्वास नगरपालिका–१० का समेत महतालाई पक्राउ गरिएको हो।
बैकिङ्ग कसुरमा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जको गत वर्षको चैत २२ गतेको फैसला अनुसार उनलाई पाँच दिनको कैद र दश लाख जरिबाना तिर्न बाँकी रहेको छ।
उनलाई त्रिभुवन बस्तीको प्रहरी टोलीले पक्राउ गरेको हो। मङ्गलवार पक्राउ परेका उनलाई कञ्चनपुर जिल्ला अदालतमा पेस गरिएको छ। उनी कारागार चलान भएका छन्।
