बैतडीमा ५१ वर्षीय पुरुष भिरबाट लडेर घाइते

बैतडी : बैतडीमा एक पुरुष भिरबाट लडेर घाइते भएका छन्।

सिगास गाउँपालिका–४ बुढाकोटका ५१ वर्षीय धनबीरसिंह साउँद भिरबाट लडेर घाइते भएका हुन्।

सिगास गाउँपालिका–२ गाँजरीबाट आफन्तको सामाजिक सुरक्षा भत्ता बुझेर घर फर्कने क्रममा मंगलवार दिउँसो ४ बजेतिर इराना भन्ने ठाउँमा साउँद लडेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए। बाटोबाट उनी एक सयमिटर तल खसेका थिए।

घाइते साउँदलाई बुधवार बिहान चारबजे उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको र उनको डडेल्धुरामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Dhangadhi 2081
Loading...