मोटरसाईकल दुर्घटनामा परि धनगढी–१४ का पूर्व वडाअध्यक्ष घाइते

धनगढी : धनगढी उपमहानगरपालिका–१४ का पूर्व वडाअध्यक्ष रामबजारी चौधरी दुर्घटनामा परि घाइते भएका छन्।

मंगलवार साँझ मोटरसाईकल दुर्घटनामा परि चौधरी घाइते भएका हुन्। घाइते चौधरीको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ।

उनी खुटियादेखि घर तर्फ जाँदा धनगढी –१४ को साइनो चोकमा दुर्घटना भएको पारिवारिक स्रोतले जनाएको छ। चौधरी २०७४ सालमा एमालेबाट धनगढी उपमहानगरपालिका–१४ को वडा अध्यक्षमा निर्वाचित भएका थिए।

Dhangadhi 2081
Loading...