अत्तरिया : कैलालीको धनगढीमा सम्पन्न दोस्रो संस्करणको कैलाली प्रिमियर लिग अन्तरपालिका टि–२० क्रिकेट प्रतियोगिताको उपाधि डडेल्धुराको आलिताल गाउँपालिकाले जितेको छ।
शनिबार सम्पन्न फाइनल भिडन्तमा डडेल्धुराकै परशुराम नगरपालिकामाथि १ विकेटको रोमाञ्चक जित निकाल्दै आलितालले उपाधि रक्षा गयो । उपाधिसंगै आलितालले २ लाख पुरूस्कार पायो भने परशुरामले १ लाखमा चित्त बुझायो। आलितालका दिलबहादुर बोहरा म्यान अफ द सिरिज,परशुरामका राज बिक बेस्ट ब्याटर,कृष्ण विष्ट बेस्ट बलर र परशुरामकै अर्जुन बिक उदयमान खेलाडी भए।
विजेता, उपविजेता र अन्य खेलाडीहरूलाई नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द, परशुराम नगरपालिकाका मेयर भरत बडायर जोशी,आलिताल गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्की, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जोशी,क्यानका केन्द्रीय सदस्यद्वय धिरेन्द्र सावद र विरेन्द्र चन्दलगायतले पुरूस्कार वितरण गरे ।
