कैलालीको गोदावरीमा अवैध मदिरा बरामद

अत्तरिया : कैलालीको गोदावरीबाट अवैध मदिरा बरामद गरिएको छ ।

Dhangadhi_Tihar 2083

प्रहरीले बैशाख १० गते गोदावरी नगरपालिका – ८ मजगाउँबाट अवैध मदिरा बरामद गरेको जनाएको छ ।

जसमा ५० लिटर अवैध घरेलु मदिरा र ३४० लिटर कच्चा पदार्थ रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले सामाजिक संजाल फेसबुक मार्फत जनाएको छ । उक्त बरामद गरिएको मदिरा मंगलबार नष्ट गरिएको प्रहरीको दावी छ ।

यस्तै प्रहरीले गोदावरी नगपालिका – ४ गोदावरीबाट पनि मंगलबार घरेलु मदिरा बनाउन प्रयोग हुने १५ किलो बल्मा नामक औषधी बरामद गरि नष्ट गरेको जनाएको छ ।

Loading...