अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-४ मा सडक कालोपत्रे सँगै कलभर्ट निर्माणका लागि शिलान्यास गरिएको छ । करिब ७ किलोमिटर सडक कालोपत्रे हुने भएको छ भने ४ वटा कल्भर्ट पनि निर्माण गरिने गरिने भएका हुन् ।
उक्त सडक र कल्भर्टको बुधबार एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले शिलान्यास गरेका छन् ।

शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख बिरेन्द्र भट्टले निर्वाचनमा गरेको बाचा बमोजिम आफुले उक्त बाटोमा कालोपत्रेको योजना ल्याएको बताए । उनले सडक कालोपत्रे भएमा स्थानीयलाई आवतजावतमा सहज हुने भन्दै समयमा काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । वडा नम्बर ४ भित्र धेरै विकटता रहेको बताउँदै नगरप्रमुख भट्टले आधारभुत आवश्यकतालाई प्राथमिकतामा राखेर आफुले काम गरिरहेको बताए ।
संघीय सरकार र नगरपालिकाको पचास पचास प्रतिशत लगानीमा वडाको बास्कोटा, खैराना हुँदै बसन्तपुर जोड्ने ६ हजार ७ सय ७७ मिटर सडक कालोपत्रे गरिने भएको हो ।
साढे ६ करोड लागत लाग्ने उक्त सडक २०८३ असार मसान्तमा सम्पन्न गर्ने गरी जगदम्बा मालिका स्वामी केदारनाथ जेभीले सँग ठेक्का सम्झौता गरिएको वडा अध्यक्ष हेम प्रकाश मल्लले बताए ।
सडक कालोपत्रे हुन लागेपछि आवतजावतमा सहज हुनेभन्दै स्थानीयवासी खुसी भएका छन् ।