कञ्चनपुरमा ढुङ्गाले हानेर दाइको हत्या

कञ्चनपुर : कञ्चनपुरमा ढुङ्गाले हानेर दाइको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन ।

Dhangadhi_Tihar 2083

आफ्नै दाइ नाता पर्ने भिमदत्त नगरपालिका–१ सृजना टोलका ४० वर्षीय गणेश नेपालीलाई ढुङ्गाले हानेर हत्या गरेको आरोपमा स्थानीय ३५ वर्षीय दीपक नेपाली पक्राउ परेका हुन ।

दीपकले ढुङ्गा प्रहार गर्दा गम्भीर घाइते भएका गणेशको बुधबार महाकाली प्रादेशिक अस्पताल कञ्चनपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Loading...