अत्तरिया : डोटीको आदर्श गाउँपालिका–४ भुवाँका करन विष्टको भारतमा मृत्यु भएको छ ।
अन्दाजी ३५ वर्षीय विष्ट बिहीवार आफ्नै कोठामा मृत फेला परेका उनको पारिवारिक स्रोतले बताएको छ ।
उनी रोजगारीको सिलसिलामा भारतको केरलामा रहेका थिए । मृत्युको कारण भने नखुलेको उनका आफन्तले बताएका छन् ।