कृष्णपुरको गुलरियामा कञ्चनजंगा क्याम्पसको उद्घाटन,पहिलो बर्षमा बिबिएस सञ्चालन

अत्तरिया : कञ्चनपुरको कृष्णपुरमा कञ्चनजंगा क्याम्पस सञ्चालन गरिएको छ । जिल्लाको कृष्णपुर-५ गुलरियामा रहेको कञ्चनजंगा बोर्डिङ स्कुलले उच्च शिक्षाका लागि क्याम्पस सञ्चालन गरेको हो ।

क्याम्पसमा हाल बिबिएस सञ्चालन गरेको छ भने निकट भबिष्यमै बिबिए, बिआईटि लगायतका अन्य कार्यक्रमहरु पनि सञ्चालन गरिने क्याम्पस प्रमुख सुदिप ओझाले बताए ।

Dhangadhi_Tihar 2083

कञ्चनजंगा क्याम्पसको बिहीबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । क्याम्पसका अध्यक्ष खगेन्द्र प्रसाद ओझाको सभापतित्वमा आयोजित कार्यक्रममा ऐश्वर्या क्याम्पस धनगढीका क्याम्पस प्रमुख धर्मदेव भट्ट प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा बिभिन्न क्याम्पसका क्याम्पस प्रमुख र बिद्यालयका प्राचार्यहरुको उपस्थिती रहेको थियो ।

बिबिएस प्रथम बर्षमा भर्ना गरिएका ३७ जना अध्ययनरत बिद्यार्थीहरुलाई कार्यक्रममा स्वागत समेत गरिएको छ ।

Loading...