आगोमा परेर अछामकी ४० वर्षीया महिला घाइते

अछाम : अछाममा एक महिला आगोमा परेर घाइते भएकी छन्।

Dhangadhi_Tihar 2083

जिल्लाको साफेँबगर नगरपालिका–५ नबठार्नाकी अन्दाजी ४० वर्षीया एक महिला घाइते भएकी हुन्।

आफ्नै गहुँको नलमा लगाएको आगो सल्केर उनी घाइते भएकी हुन्। उनको न्याय हेल्थ अस्पताल बयलपाटामा उपचार भइरहेको छ।

उनको परिचय भने नखुलेको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले जनाएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ।

Loading...