कैलालीको गौरीगंगामा माटोको ढिस्कोमा पुरिएर महिलाको मृत्यु

धनगढी : कैलालीको गौरीगंगामा एक महिलाको आज माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको छ।

Dhangadhi_Tihar 2083

गौरीगंगा नगरपालिका–५ लालीगुराँस टोलकी ४१ वर्षीया लक्ष्मी सिजापतीको मृत्यु भएको हो। उनको नजिकै रहेको शिवशक्ति सामुदायिक वनमा माटो खन्नेक्रमा माटोको ढिस्कोमा च्यापिएर मृत्यु भएको हो।

सिजापतीको पोष्टमाटम गरि शव उनका आफ्न्तले बुझिसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कबिन्द्रसिंह बोहराले बताए।

Loading...