अत्तरिया : अत्तरियाका मेडिकल व्यवसायी गणेश जिमि साउँद नेकपा एमालेको कैलाली जिल्ला कमिटि सचिवालय सदस्यमा मनोनित भएका छन ।
नेकपा एमाले कैलालीको दोस्रो वैठकले साउँदलाई सचिवालय सदस्यमा मनोनित गरेको हो । साउँद यसअघि अधिवेशन मार्फत जिल्ला कमिटि सदस्यमा निवाचित भएका थिए ।
एमालेको राजनीतिमा लागेका साउँद सामाजिक काममा पनि सक्रिय रहदै आएका छन । उनी नेपाल सिएमए संघका पुर्व अध्यक्ष पनि रहिसकेका छन । नेकपा एमालेको कैलाली जिल्ला कमिटिमा साउँदको यो तेस्रो कार्यकाल हो ।