अत्तरिया : कञ्चनपुरमा कुटपिट मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको बेल्डाँडी गाउँपालिका–३ खैरीघाटका गणेश पौडेल पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार उनलाई कुटपिट मुद्दामा जिल्ला अदालत कञ्चनपुरले २०७८ पुष २८ मा सुनाएको फैसला अनुसार ३ महिना १० दिन कैद भुक्तान गर्न बाँकी भई फरार रहेका थिए ।
पौडेललाई उनकै घरठेगानामा लुकिछिपि बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उनलाई आज नै जिल्ला अदालत पेस गरी कैद भुक्तानका लागि कारागार चलान गरिरएको प्रहरीले बताएको छ ।