कञ्चनपुर : कञ्चनपुरमा जग्गा अतिक्रमण मुद्धामा फरार रहेकी एक महिला पक्राउ परेकी छन्।

जिल्लाको बेदकोट नगरपालिका– ७ की ३० वर्षीया भागरथी विष्ट सोमवार पक्राउ परेकी हुन्। उनलाई अदालतले जग्गा अतिक्रमण मुद्दामा ३ हजार जरिवाना तोकेको थियो।
सजाय तोकेकै दिनबाट फरार रहेकी विष्टलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।