अछाममा चट्याङ लागेर छ वर्षीय बालकको मृत्युु By रेडियाे अत्तरिया On २०८१ बैशाख २५, मंगलवार १०:२१ अछाम : अछाममा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ। रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गौरवको मृत्यु भएको हो। सोमवार राति हुरीबताससँगै परेको चट्याङले उनको मृत्यु भएको सोही वडाका पूर्वअध्यक्ष खड्कबहादुर भण्डारीले बताए।