धनगढी : कैलालीको धनगढीमा मोटरसाइकललाई स्कुटरले पछाडीबाट ठक्कर दिँदा दुर्घटना भएको छ।

धनगढी उपमहानगरपालिका–४ सहिदगेटमा आज धनगढी–४ का कुबेर कुँवरले चलाएको से ३ प ८९७७ नम्बरको मोटरसाइकललाई पछाडीबाट धनगढी–४ की मन्जु भट्टले चलाएको सुदूरपश्चिम प्रदेश ०१००८ प ७४०४ नम्बरको स्कुटरले ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटना हुँदा चालक दुबै जना घाईते भएका छन्। घाईते मोटरसाइकल चालक कुँवरको नवजिवन अस्पताल र स्कुटर चालक भट्टको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाईते दुबै जना अवस्था मध्यम रहेको छ।