कञ्चनपुर : कञ्चनपुरबाट वन मुद्दाका एक फरार दोषी पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको फैसलाले वन मुद्दामा ६ महिना कैद सजाय र ५ हजार ९ सय जरिवाना ठहर भएपछि फरार रहेका पुनर्वास नगरपालिका–१ बस्ने ५३ वर्षीय बाशुदेब राना पक्राउ परेका हुन्।
रानालाई मंगलवार इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको जनाएको छ।