सुधार केन्द्रको छतबाट हाम फालेर एक युवकको मृत्यु

अत्तरिया : कैलालीको घोडाघोडी नगरपालिका – ४ भालुफाटामा रहेको नयाँ बाटो पुनः स्थापना सुधार केन्द्रको छतबाट हाम फालेर एक युवकको मृत्यु भएको छ ।

Dhangadhi_Tihar 2083

सुधार केन्द्रमा बस्दै आएका २५ वर्षीय सुनिल शाहीको छतबाट हाम फालेर मृत्युु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

मंगलबार एकतले भवनको छतबाट हाम फालेर गम्भिर घाईते भएका शाहीको घोडाघोडी अस्पताल सुखडमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको इलाका प्रहरी कार्यालय सुखडले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

Loading...