कञ्चनपुरमा प्राथमिक उपचार सामग्री वितरण

कञ्चनपुर : नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले महाकाली नदी तटीय क्षेत्रका समुदायहरूलाई प्राथमिक उपचार सामाग्री वितरण गरेको छ ।

बुधबार एनएनएसडब्ल्यूएले डीसीए नेपालसँगको साझेदारीमा सञ्चालित सुदृढ परियोजनामार्फत भीमदत्त नगरपालिकाका ११ र दोधारा चाँदनी नगरपालिकाका १४ गरी २५ वटा विपद् व्यवस्थापन समितिलाई नियमित कार्यालय सञ्चालन तथा प्राथमिक उपचार सामग्रीहरू वितरण गरेको हो ।

Dhangadhi_Tihar 2083

भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीले भीमदत्तका ११ वटा विपद् व्यवस्थापन समितिलाई सामग्री हस्तान्तरण गरे भने दोधारा चाँदनीका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीले पालिकाका १४ वटै समितिलाई सामग्री वितरण गरे ।

प्रत्येक विपद व्यवस्थापन समितिलाई प्राथमिक उपचारका लागि टिनको बाकस, कटन रोल, कटन गेज, बेन्डेज, बेटाडिन, हेण्ड प्लास्ट, सर्जिकल कैँची, सर्जिकल फोरकेप, मूभ, डेटोल साबुन र नियमित कार्यालय सञ्चालनका लागि माईनट रजिस्टर, बचत रजिस्टर, क्रेडिट रजिस्टर, स्ट्याम्प पेड, पञ्चिङ्ग मेसिन र बल पेन गरी जम्मा ५ हजार ५७ रुपैयाँ बराबरको सामग्री वितरण गरिएको उनले बताए ।

उनले डडेल्धुराको पर्शुराम नगरपालिकाका ५ वटा विपद् व्यवस्थापन समितिलाई पनि प्राथमिक उपचार सामग्री वितरण गरिने बताए । भीमदत्तका मेयर बोगटीले एनएनएसडब्ल्यूएले समुदायमा विपद् व्यवस्थापन, न्युनीकरण तथा प्रतिकार्यका लागि सराहनीय कार्य गरेको भन्दै धन्यवाद व्यक्त गरे ।

Loading...