हावा हुरीसँगै वर्षा हुन थालेपछि अछाम र बाजुरामा विद्युत् सेवा बन्द

धनगढी : अछाम र बाजुराको विद्युत् सेवा बन्द गरिएको छ। पहाडी जिल्लामा हावा हुरीसँगै वर्षा हुन थालेपछि नेपाल विद्युत् प्राधिकरणले सेवा बन्द गरेको हो।

Dhangadhi_Tihar 2083

डोटीबाट राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा बन्द गरिएको प्राधिकरणले जनाएको छ।

विद्युत् लाइनमा क्षति भए/नभएको विवरण भने आएको छैन। तर, बुधवार अछाम र बाजुराको विद्युत् सेवा पूर्ण रूपमा बन्द गरिएको नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय, अत्तरियाले जनाएको छ।

सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा हावा हुरी सँगै वर्षा हुँदै आएको छ। पहाडी जिल्लामा भएको वर्षका कारण कैलाली र कञ्चनपुरमा समेत तापक्रम कम हुँदै गएको छ।

Loading...