भारतको पुणेमा डोटी घर बताउने महिला फेला

धनगढी : डोटी घर बताउने एक महिला भारतको पुणेमा फेला परेकी छिन्।

डोटीको बोगटान फुड्सिल गाउँपालिका घर बताउने र आफ्नो नाम बिमा बम ठकुरी बताउने महिला फेला परेकी हुन ।

उनी अहिले पुणे को देहुरोड नजिकै रहेकी छिन्। देहुरोड नजिकै रहेको गौजे गाउँका चक्र बिकको कोठामा उनी सुरछित रहेको बिबेक भण्डारीले बताएका छन्।

उनले आफ्नो छोराको नाम प्रकाश बम ठकुरी बताउने गरेको भण्डारीले बताएका छन्।

Loading...