अत्तरियामा नागरिकता र जन्म दर्ता सम्बन्धमा अन्तरक्रियात्मक छलफल

अत्तरिया : कैलालीको अत्तरियामा कानुनी पहिचान (नागरिकता र जन्म दर्ता ) सम्बन्धमा अन्तरक्रियात्मक छलफल कार्यक्रम आयोजना गरिएको छ ।

Dhangadhi_Tihar 2083

महिला, कानुन र विकास मञ्च (एफब्लुएलडी) ले गोदावरी नगरपालिका सँगको समन्वयमा छलफल कार्यक्रमको आयोजना गरेको हो ।

गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्ट र उपप्रमुख शारदा देवी रोकायाको सहभागितामा रहेको छलफलमा कैलालीकी सहायक जिल्ला अधिकारी किरण जोशीले कानुनी पहिचान तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी प्रस्तुति राखेकी थिइन ।

कार्यक्रममा सहभागी गोदावरी नगरपालिकाका वडा अध्यक्ष, नगरपालिकाकाका विभिन्न शाखाका कर्मचारी, वडाका सचिव लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा वडा र नगरबाट नागरिकता र जन्म दर्ता सिफारिस गर्दा आउने कानुनी अड्चनका बारेमा सहभागीहरूले प्रश्न राखेका थिए । जसको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले जवाफ दिएकी थिइन ।

Loading...