कञ्चनपुरका एक जना कारागार चलान

अत्तरिया : मंगलवार पक्राउ परेका कञ्चनपुरको पुनर्वास नगरपालिका–१ का ५३ वर्षीय वाशुदेव रानालाई कारागार चलान गरिएको छ ।

Dhangadhi_Tihar 2083

उनलाई आज जिल्ला अदालत पेस गरी कैद सजाय भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले बताएको हो ।

वन मुद्दामा ६ महिना कैद सजाय र ५ हजार ९०० रुपैयाँ जरिबाना सुनाइएका राना फरार रहेकामा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको टोलीले गत मंगलवार उनकै घर ठेगानाबाट पक्राउ गरेको थियो ।

Loading...