कञ्चनपुरको बेलौरीमा ईशान अस्पतालमा निःशुल्क चेकजाँच शिविर सञ्चालन

कञ्चनपुर : कञ्चनपुरको बेलौरीस्थित ईशान मेमोरियल अस्पतालमा चेकजाँच शिविर सञ्चालन गरिएको छ ।

बेलौरी नगरपालिकाको आयोजनाको आयोजनामा अस्पतालले सिकलसेल र थेल्सिमिया पोजेटिभ बिरामीहरूका लागि निःशुल्क रगत परीक्षण र चेकजाँच शिविर सञ्चालन हो ।

Dhangadhi_Tihar 2083

शिविरमा भेरी अस्पताल नेपालगञ्जका हेमेटोलोजिष्ट डा. प्रेमराज श्रेष्ठले विरामीहरुको चेकजाँच तथा रगत परिक्षण गर्ने काम गरिरहेको अस्पतालका अध्यक्ष आईजंग कुँवरले जानकारी दिए ।

शिविरको पहिलो दिन शुक्रबार १४ जना महिला र ७ जना पुरुष गरी जम्मा २१ जना बिरामीहरूले विशेषज्ञ सेवा लिएको बताईएको छ ।

यसैबिच शुक्रबार नै बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले उक्त अस्पतालको उद्घाटन गरेका थिए ।

Loading...