अत्तरिया : नेपाल राष्ट्रिय शिक्षक संगठन गोदावरीको तेस्रो नगर परिषद सम्पन्न भएको छ । शनिबार अत्तरिया स्थित प्रतिभा पुस्तकालयको सभाहलमा नेपाल राष्ट्रिय शिक्षक संगठनको तेस्रो नगर परिषद सम्पन्न भएको हो ।
नगर कार्यवाहक अध्यक्ष प्रेम राज जोशीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा संगठनका जिल्ला अध्यक्ष चक्र बहादुर बिष्ट प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले शिक्षकका माग, मुद्दा सुनवाईका लागि राज्यलाई झकझक्याउन संगठन शिक्षकको साथमा रहेको बताए । संगठनका प्रदेश सदस्य एवम् गोदावरीका पुर्व नगर अध्यक्ष नरेन्द्र शर्माले गोदावरी नगरपालिकाले शिक्षकमाथी अत्याचार गर्ने काम अझै नरोकिएको बताएका छन् ।

यस्तै नगर परिषदमा संगठनकी जिल्ला उपाध्यक्ष यसोदा जोशी लगायत जिल्ला समितिका पदाधिकारी, संगठनमा आवद्ध नगरका शिक्षकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा गोदावरीमा आधारभुत तह कक्षा ८ मा उत्कृष्ठ नतिजा ल्याएको सामुदायिक बिद्यायल घण्टेश्वर मावि लाई सम्मान गरिएको थियो भने बिभिन्न बिद्यालय र शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो ।
यस्तै गोदावरीमा संगठनलाई हालसम्म हरेक क्रियाकलापमा अगाढी बढाउन महत्वपुर्ण भुमिका रहेको भन्दै पुर्व अध्यक्ष नरेन्द्रराज शर्मा पनि सम्मानित भएका छन् ।
कार्यक्रमको संञ्चालन नगर शिक्षक संगठनका सचिव भुपेन्द्र बहादुर चन्दले गरेका थिए ।
