टीकापुर : कैलालीको टीकापुरमा पहिलो पटक घुडाको लिगामेन्ट सफलता पुर्वक प्रत्यारोपण गरिएको छ ।

टिकापुर अस्पतालमा दुरबिनको माध्यमबाट पहिलो पटक उक्त कार्य सफलता पुर्वक गरिएको हो । टिकापुर नगरपालिका – १ का २८ वर्षिय अनुप रावलको घुडाको लिगामेन्ट सफलता पुर्वक प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालका मेसु डाक्टर रेम कुमार राईको नेतृत्वमा रहेको चिकित्सकको टोलीले उक्त प्रत्यारोपणलाई सफलतापुर्वक सम्पन्न गरेको अस्पतालको भनाई छ ।
अस्पताल प्रशासनका अनुसार यस्तो जटिल खालको शल्यक्रिया टीकापुरमा पहिलो पटक भएको हो ।