बैतडीमा छिमेकीको कुटाइबाट एक महिला घाइते

बैतडी : बैतडीमा कुटपिटबाट एक महिला घाइते भएकी छन्।

जिल्लाको दोगडाकेदार गाउँपालिका–२ की ३२ बर्षीया डम्मरा कार्की छिमेकीको कुटाइबाट घाइते भएकी हुन्। सोही स्थानकी २८ बर्षीया अस्मिता चन्दले कुटपिट गरी कार्कीलाई घाइते बनाएकी हुन्।

Dhangadhi_Tihar 2083

सामान्य घरायसी विवादमा चन्दले शनिबार कार्कीलाई दाउराले हिर्काएर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक नन्दराज जोशीले बताए। घाइते कार्कीको घाँटी र टाउकोमा चोट लागेको छ।

जिल्ला अस्पताल बैतडीमा सामान्य उपचारपछि कार्कीलाई थप उपचारका लागि डडेल्धुरा रेफर गरिएको र उनको डडेल्धुरामा उपचार भइरहेको प्रहरी निरीक्षक जोशीले बताए।

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको छ। दुवै पक्षलाई बोलाएर घटनाका बिषयमा जानकारी लिने काम भइरहेको प्रहरी निरीक्षक जोशीले बताए।

Loading...