धनगढी : कैलालीको धनगढीमा प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ।

धनगढी उपमहानगरपालिका–१३ राजपुरबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको हो। शनिवार साँझ साढे ६ बजे प्रहरी टोलीले सामान बरामद गरेको हो।
करिब ४९ हजार मूल्य बराबरको ७० पिस महिला सुट बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।